नेपाल इन्जिनियर्स एसोसिएसनको यहि माघ ७ गते हुने निर्वाचनमा बाग्मती प्रदेश सचिवमा इन्जिनियर हरेराम होमागाईले उमेद्धवारी दिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा कार्यरत होमागाई बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट साझा उमेद्धवार बनेका हुन् । लामो समयदेखि इन्जिनियर पेशामा आवद्ध होमागाई केन्द्रमा ई.डा.सुरज लामिछाने र बागमती प्रदेशमा ई.विनोद सापकोटाले नेतृत्व गरेको प्यानलबाट उमेद्धवार बनेका छन् ।
ई.हुमागाईले भारत, चिन ,मलेसिया ,इन्डोनेसिया लगायतका देशमा गई ईन्जिनियरिङ सम्बन्धी विभिन्न कार्यशालाहरुका भाग लिएका छन् । ई.होमागाईको टीम समर्ग ईन्जिनियरहरुको हकहीतमा लाग्ने ३३ बुदे प्रतिबद्धता सहित निर्वाचनमा होमिएको छ । पुनःनिर्माण, सहरी पूर्वाधार, विपद व्यस्थापन लगायत आफ्नो कार्य कौशलमा अब्बल युवा ई. होमागाई धुलिखेल नगरबासीका साथै ईन्जिनियरहरुमाझ लोकप्रिय छन् ।