logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगंजका चार विद्यालयमा शिक्षामन्त्रीको अनुगमन


अंकुरण खबर
1.3K
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगंज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गरेका छन् ।

बिहीबार वीरगंजका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर  राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात गल्र्स कलेजमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा विद्यालयका प्रध्यानाध्याकपहरुले भौतिक संरचना, एवम् शिक्षक दरबन्दीलागयतका विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।

मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढदै कमाउँदै कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने काम भएको बताउँदै विद्यालयलाई सहयोग गर्ने बताए ।

देशभरका  गुणस्तरीय पढाई भएका र सुधानुपर्ने विद्यालयको सूची तयार हुँदै गरेको बताउँदै समस्या भए लिखित रुपमा दिन मन्त्री पौडेलले आग्रह गरे ।

सोही क्रममा वीरगंज महानगरपालिका विजय कुमार सरावगी, नेकपा माओवादी केन्द्र वीरगंजका इन्चार्ज रहबर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।