logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित


अंकुरण खबर
572
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा आयोजना गरिएको भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको छ ।

गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन कोभिड संक्रमण बढेको भन्दै स्थगित गरेको हो ।

प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो ।