logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डिजिटल अभियानमा ग्लोबल र नगरपालिकाबीच समझदारी


अंकुरण खबर
1.43K
Shares

डिजिटल अभियान सहकार्य सम्बन्धनका लागि ग्लोबल आइएमई बैंक तथा राजविराज नगरपालिका बीच बिहीबार समझदारी भएको छ ।

नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिका बीच चार बुँदे समझदारी भएको हो ।

राजविराज नगरपालिकाका तर्फबाट नगर प्रमुख शम्भुप्रसाद यादवले र बैंकका तर्फबाट शाखा प्रमुख मनिष महासेठले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार नगरपालिकाले नगरको विभिन्न स्थानमा फ्री वाईफाई जडान गर्ने र बैंकले नगरको विभिन्न क्षेत्रमा रहेको पसल, उद्योग, हाटबजार र माछा हटियालगायतका स्थानमा खाता खोली क्युआर कोड र पिओएस मेशिन प्रदान गर्ने छ ।

यस्तै बैंकले नगर क्षेत्रका लागि नगरपालिकाको सहकार्यमा ३० वटा डस्टबिन प्रदानलगायतको समझदारी भएको राजविराज नगरपालिका मेयर सम्भु यादवले जानकारी दिए ।

उक्त समझदारीले नगरवासीले डिजिटल सेवाको सहज रूपमा प्रयोग गर्न पाउने, सरसफाई र नगरको विकासमा टेवा पुग्ने विश्वास नगरप्रमुख यादवको छ ।