logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार  सात सयले  घट्यो सुनको मूल्य


अंकुरण खबर
533
Shares

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ ।

शुक्रबार छापावाल सुन तोलामा सात सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ  कायम भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९१हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८हजार १०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।