logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागू औषध पोल्यान्ड सहित दुईजना पक्राउ


अंकुरण खबर
2.509K
Shares

प्रहरीले लागू औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट त्रिशूलडाँडा तर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०२–००१ प ६६७६ नम्बरको मोटरसाइकललाई चाँगुनारायणबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा १२ ग्राम अवैध लागू औषध पोल्यान्ड सहित फेला पारी मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जयलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ ।