शान्ति मिसनबाट फर्किएका २० सैनिकलाई कोरोना भाइरस संक्रमण भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलका अनुसार दक्षिण सुडानबाट गत पौष २२ गते नेपाल फर्किएका २१५ जना सैनिकमध्ये २० जनामा कोरोना पुष्टि भएको छ ।
स्वदेश फर्किएपछि उनीहरुलाई नेपाली सेनाको क्ववारेन्टाइनमा राखिएको र पीसीआर परीक्षण गर्दा २० सैनिकमा कोरोना भाइरस पुष्टि भएको हो।
यी सैनिकलाई नेपाली सेनाको डाक्टरको निगरानीमा आइसोलेसनमा राखिएको छ।