logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा आज ४८१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
663
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  आज काठमाडौं उपत्यकामा  ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ९ सय ४४ जनामा संक्रमण देखिएकोमा काठमाडौं उपत्यकामा मात्रै ४ सय ८१ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३६२ जना छन् भने  ललितपुरमा ९४ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन् ।

आज देशभर २ सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने आज कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन ।