logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज सुनचाँदीको मूल्य


अंकुरण खबर
949
Shares

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ।

महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१  हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यो साताको भाउ हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था सिर्जना भएको देखिन्छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।