logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षाको सम्भावना, आज हिमपात पनि हुने


अंकुरण खबर
429
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  छ ।

बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

यस्तै, मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।