logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक


अंकुरण खबर
1.43K
Shares

नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालन बारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए । उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए । यस्ता अतिक्रमण हटाउन आफू आएको उनले दाबी पनि गरे ।

मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदन माथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पनि ध्यानाकर्षण हुनु पर्ने बताए ।

होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चानल सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितले ठेक्का  दिँदा नै मिलेमतो गरेर दिइएको  निष्कर्ष पनि निकालेको छ ।