Breaking Newsसमाचार

कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न उपत्यकाका सीडीओको बैठक बस्दै

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक मंगलबार बस्दैछ ।

मंगलबार दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ । काठमाडौं उपत्यकामा सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयन गर्नेबारे छलफल हुन लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सरकारले सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न लागेको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो ।

त्यस्तै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल रंगशाला र पार्कमा पनि खोप कार्ड अनिवार्य गरेको छ । बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने र राजनीतिक दलहरूलाई ठूला भेला(कार्यक्रम नगर्न, विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानमा हुने भीडभाड कम गर्न उडान तालिका बनाउन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका मिलाउन निर्देशन दिइएको छ ।

Comment here