Breaking Newsअन्तर्वार्तास्वास्थ्य

सरकार र नेताको हेल्चक्राईले फैलियो तेस्रो लहर, तत्काल यस्ता कार्य नगरे नियन्त्रण बाहिर जान्छ

नेपालमा पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्या दैनिक बढ्दै गएको छ । संक्रमितको संख्या बढेसंगै सरकारले विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ भने, बढी भीडभाड हुने कुनै पनि भोज भतेर, सभा,सम्मेलन लगाएतका कार्यक्रम नगर्न निर्देशन दिएको छ । औपचारिक रुपमा तेस्रो भेरियन्ट फैलिएको नभने पनि चिकित्सकहरुले तेस्रो लहर सुरु भैसकेकाले यसबाट बच्न र बचाउन अधिकतम सावधानी अप्नाउनु पर्ने बताउँदै आएका छन् ।

नयाँ भेरियन्ट मानिएको ओमिक्रोन र पुनः बढ्दो संक्रमणले के कोरोनाको तेस्रो लहर सुरु भएको हो भन्ने प्रश्न आम मानिसमा उब्जेको देखिन्छ । के साच्चै नेपालमा कोरोनाको तस्रो लहर आएकै हो त ?  पहिलेको तुलनामा तेस्रो लहर बढी संक्रामक हो या उस्तै हो ? यसबाट बच्न के गर्नुपर्छ ?  लगाएतका विषयमा तेस्रो लहर भित्रिसकेकाले सचेतता अप्नाउन सुझाव दिँदै आएका प्रा.डा. जागेश्वर गौतमसँग अंकुरण खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश…

नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ?

हो, कोरोना संक्रमणदर हेर्दा कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको छ । सरकारले नभने पनि हामीले भन्दा तस्रो लहर सुरु भइसकेको छ ।

नेपालमा कोरोनाको पुराना भेरिएन्टको संक्रमित बढेका हुन् की ओमिक्रोन संक्रमित ?

पहिला कोरोनाको टेस्ट हुन्छ त्यसमा पोजेटिभ र नेगेटिभ छुट्याउने गरिन्छ । कोरोना भाइरसको पुरानो भेरिएन्ट हो की ओमिक्रोन हो भन्ने कुरा पत्ता लगाउन त जिन सीक्वन्सिङ गर्नुपर्छ । नेपालमा ओमिक्रोन भने पत्ता लागिसकेको अवस्था छ । तर कती मात्रामा ओमिक्रोन हो,कती मात्रामा डेल्टा हो भन्ने कुरा सीक्वन्सिङ गरेर मात्र थाहा पाइन्छ । अहिलेनै एकीन भन्न सकिन्न् ।

अहिले तेस्रो लहर भित्रिनुमा राजनीतिक पार्टीहरुको सभा सम्मेलन नै प्रमूख कारण हो । नेपालमा सरकार र राजनीतिक नेतृत्वले त सचेत हुन जान्दैनन् भने आम सर्वसाधारणको के कुरा । अब जतिसक्दो सावधानी अप्नाउदै खोप अभियानलाई तिव्रता दिन ढिला गरे स्थिति नियन्त्रण बाहिर जानसक्छ ।

कोरोना संक्रमणदर ह्वातै बढ्नुको कारण के होला ?

हामी जनस्वास्थय विज्ञहरुले पहिलेनै भनिरहेका थियौं, नेपालमा जसरी पार्टीका अधिवेशन, महाधिवेशन भए,बिहे,भोज भतेर, जुलुस, नारा भए जे नहुनुपर्ने थियो त्यो भयो । संक्रमण बढ्नुको प्रमूख कारणनै यही हो ।

के राजनीतिक दलले नबुझेकै कारण यो अबस्था आयो भन्न खोज्नु भएको हो ?
नबुझेको भन्दा नी बुझेर बुझ पचाएको जस्तो लाग्छ । यहाँ न सरकार, राजनीतिक पार्टीले कोरोनालाई समस्याको रुपमा लिए न सर्वसाधरणले । नेपालमा त राजनीतिक नेतृत्वले समस्या बुझ्न नै चाहादैनन् । विज्ञहरुको कुरा नै सुन्दैनन् । नेतृत्वले कुरा नबुझेपछि अरुले झन के कुरा बुझछन् । मलाई लाग्छ हामी उल्टो बाटो हिडिरहेका छौं । चिकित्सकले कुरा गरे चिकित्सकको मात्र समस्या जस्तो ठान्ने व्याबहारले यो अबस्था आयो । सबैले समस्याको रुपमा लिनुप¥यो नी समाधान गर्न त ।

अहिले तेस्रो लहर भित्रिनुमा राजनीतिक पार्टीहरुको सभा सम्मेलन नै प्रमूख कारण हो । नेपालमा सरकार र राजनीतिक नेतृत्वले त सचेत हुन जान्दैनन् भने आम सर्वसाधारणको के कुरा । अब जतिसक्दो सावधानी अप्नाउदै खोप अभियानलाई तिव्रता दिन ढिला गरे स्थिति नियन्त्रण बाहिर जानसक्छ ।

कोरोना संक्रमणदर बढ्दो छ,अब के गर्न आवश्यक छ ?

हामीले १०-१५ दिन अगाडि देखिनै भनिरहेको नै थियौं,तयारी गर्न ढिला भइसकेको छ । अहिले तत्काल गर्नु पर्ने काम यस्ता छन्…

पहिलो : जनस्वास्थ्यका मापदण्ड सबैले लागु गर्ने ।  भिडभाड हुने सबै काम रोक्नु पर्छ ।

दोस्रो : छिमेकी मुलुक भारतमा संक्रमणदर बढेको छ,बोडर हाम्रो खुल्ला छ । केहि नाका मात्र खोल्ने र त्यहाँ टेस्ट गर्ने,पोजेटिभ आएकालाई क्वारेन्टाइनमा राख्ने,नेगेटिभ आएकालाई पनि १० दिन क्वारेन्टाइनमा राख्नुपर्छ । नेपालका ठुला शहरहरुमा संक्रमणदर बढ्छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नुपर्छ, अन्य देशबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्दछ । क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्छ ।

तेस्रो : कोरोनाको टेस्ट बढाउनुपर्छ ।

चौथो : कोरोना पोजेटिभलाई आइसोलेसनमा राख्नुपर्छ ।

पाचौं : अक्सिजन,आइसियू, भेन्टिलेटर लगाएत  अस्पताल र स्वास्थ्यकर्मीको व्यवस्थापन राम्रोसँग गर्न सरोकारवाला सबै लाग्नु पर्छ । कन्ट्रयाक ट्रेसिङलाई बढाउनुपर्यो,खोपका कार्यक्रमलाई व्यापक बनाउनुपर्छ । हाम्रोमा खोप ल्याएको छौं लगाएका छैनौं,खोप अभियानलाई तिव्र पार्नुपर्छ । अन्यथा स्थिति नियन्त्रण बाहिर जान नसक्ला भन्न सकिन्न ।

Comment here