logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य


अंकुरण खबर
1.599K
Shares

दिनानु दिन कोरोना संक्रमण बढ्दै गए पछि सार्वजनिक सेवा लिनाक लागि खोप कार्ड अनिवार्य हुनु पर्ने भएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतबार सार्वजनिक गरेको छ ।

सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्न लागेको हो ।

सार्वजनिक गरेको १३ बुँदे सिफारिसको ३ नम्बर बुँदामा भनिएको छ, ‘सार्वजनिक स्थानहरूमा (कार्यालय, होटल, रेष्टुरेष्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन लगाएको खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने ) साथमा राख्ने र ती निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गते देखि लागु गर्ने व्यवस्थाका लागि सबै डीसीएमसीलाई गृहमन्त्रालय मार्फत सिफारिश गर्ने भनिएको छ ।

सीसीएमसीको सिफारिस अनुसार गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्लामा सोही अनुसारको सर्कुलर जारी गरिसकेको छ ।