यही माघ १ देखि लागू हुने गरी नेपाल सरकारले हुलाक महसुल दर बढाएको छ ।
हवाइ पत्रको महसुल साविक ३ रुपैयाँबाट बढाएर ५ रुपैयाँ तोकिएको छ । पहिला ५० ग्रामसम्मको चिठीलाई ८ रुपैयाँ लाग्थ्यो भने अब १० रुपैयाँ बनाइएको छ ।
५० ग्रामसम्मका साना प्याकेट वा अंशलाई हाल १० रुपैयाँ लाग्नेमा अब २० रुपैयाँ लाग्नेछ ।
आन्तरिक महसुल दर अन्तर्गत हुलाक महसुल दर, विविध महुसल दर, पुलिन्दा महसुल दर र वैदेशिक हुलाक महसुल दरअन्तर्गत हवाई मार्ग, सतह मार्ग, वैदेशिक विविध महसुल दर र वैदेशिक हुलाक पुलिन्दा दरमा हेरफेर गरिएको छ ।
एक जिल्लाबाट अर्कोमा पत्रपत्रिका दाखिल गर्न २ सय रुपैयाँ र अन्य जिल्ला समेत दाखिल गर्न प्रत्येक थप जिल्लाको लागि १० रुपैयाँ लाग्ने गरी हुलाक महसुल बढाईको छ ।