logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा एकैदिन १ सय १४ जनामा संक्रमण


अंकुरण खबर
845
Shares

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको छ ।

देखिएको संक्रमित संख्यामा सबैभन्दा बढी कास्की जिल्लामा ७५ जना रहेका छन् । कास्कीमा सक्रिय संक्रमितको संख्या २ सय ६४ पुगिसकेको छ ।

म्याग्दीमा ४, गोरखामा ६, तनहुँमा ७, बागलुङमा ५, स्याङ्जामा ८ र नवरपरासी पूर्वमा ९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यस्तै, हिजो सोमवार प्रदेशमा ७० जनामा संक्रमण पुष्टि भएको थियो । आइतवार ३८ र गएको हप्ताको शुक्रवार १६, बिहिवार २२, बुधवार १६, मंगलवार १३ जनामा पुष्टि भएको संक्रमितको संख्या आज बढेर १ सय १४ पुगेको हो।