logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा १० जना जुवाडे पक्राउ


अंकुरण खबर
975
Shares

मोतिपुर बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका–७ बड्की देउडास्थित दुलीचन थारुको घरबाट झण्डै २ लाख रुपैयाँ नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँसगढी– ७ का ३४ वर्षीय दुलीचन थारु (घरधनी), सोही ठाउँका  ३९ वर्षीय रामचन्द्र भन्ने आईतवारी थारु, बाँसगढी– ९का  ४० वर्षीय श्याम प्रसाद थारु, सोही ठाउँका ३५ वर्षीय रामकुमार थारु, ५० वर्षीय भागीराम कुमाल, ३५ वर्षीय सिताराम थारु छन्।

बाँसगढी–९ कै ४३ वर्षीय उपेन्द्र खड्का, बाँसगढी–८ का ४० वर्षीय मोहम्मद अली, बाँसगढी ३ का २६ वर्षीय मनोज कुमार थारु र बाँसगढी– ५ का ४३ वर्षीय रवीन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ।

उनीहरुको साथबाट नगद १ लाख ८२ हजार ४५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।