logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको सार्वभौमिकतामाथि भारतले प्रहार गर्न खोज्यो : पूर्वमन्त्री पोखरेल


अंकुरण खबर
2.288K
Shares

माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

नेता पोखरेलले सार्वभौमसत्ता माथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराएका छन् । उनले भनेका छन्, ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्तामाथी गम्भीर प्रहार हुने कृयाकलापले दुई देशको सम्बन्धलाई बलियो हुनबाट रोक्नेछ ।’

केहीदिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाली भूस्भाग लिपुलेकमा भारतले सडक बिस्तार गरिरहेको बताएका थिए ।