लोक सेवा आयोगले झण्डै साढे दुई सय नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खोलेको छ ।
आयोगले बुधबार सूचना प्रकाशित गरी नायव सुब्बामा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । आगामी माघ १८ गतेसम्म दरखास्त दिन सकिनेछ ।
नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
