ट्रयाक्टरको ठक्करबाट मोरङको उर्लाबारीमा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी ३ सोल्टी पुलमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई को २ त ८२९६ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक विद्यार्थी उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरको ठक्करबाट २१ वर्षीय निश्चलको घटनास्थ्लमै मृत्यु भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।