logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रुकुमपूर्व अस्पतालमा सुरक्षित गर्भपतन सेवा


अंकुरण खबर
1.027K
Shares

रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ ।

रुकुमपूर्व अस्पतालमा तीनवटा सेवा मंगलबार आरम्भ गरिएको हो । अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्त रूपमा नयाँ सेवा सुरु भएको घोषणा गरेको जानकारी दिए ।

अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको र जिल्लावासी पनि उत्साहित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताईन्। नागरिकलाई सेवाबारे बुझाउन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।

“कुकुरले टोकेपछि बिरामीले निजी मेडिकल खोज्दै हिँड्ने गरेका थिए, टाढाको रुकुमपश्चिमको सल्ले अस्पतालमा पुगेर भ्याक्सिन लगाउने गरेका थिए”, उनले भनिन्, “सुरक्षित गर्भपतन गराउन अर्को जिल्ला जाने गरेका थिए, अब त्यो समस्याको अन्त्य भयो ।”

तीनवटै सेवा सुरु भएसँगै जिल्लावासीलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएको छ । नयाँ सेवाप्रवाह स्वास्थ्यकर्मीले नागरिकलाई सहजता दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले आग्रह गरिन् ।

यस्तै, रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा गणेश चौधरीले नागरिकका गुनासा अब कम हुँदै जाने बताए ।