logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ६ सयले बढ्यो सुनको भाउ


अंकुरण खबर
494
Shares

नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा (आज) बुधबार ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,  तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।