logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध


अंकुरण खबर
481
Shares

कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले चीनको तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् ।

संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।

तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।

ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो । एजेन्सी