logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भिरबाट लडेर ५५ बर्षीय लिम्बूको मृत्यु


अंकुरण खबर
1.963K
Shares

फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

फेदाप गाउँपालिका – १ मा रहेको भिरबाट लडेर ५५ बर्षका लैनबहादुर  लिम्बूको बुधबार ज्यान गएको हो ।

डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनी स्थित कालीदह भिरमा खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार बिहान अबेर सम्म लिम्बू घर नआए पछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको  छ ।