कोरोना विशेषशिक्षास्वास्थ्य

महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले

संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् ।

कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् ।

देशैभर कोरोनाको तेस्रो लहर सुरू भएको चिकित्सकहरूले  बताइरहेको बेला यसको असर महोत्तरीमा पनि देखिएको छ ।

भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मेर्डना खोप दिन थालेको छ ।

जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर  विद्यार्थीहरूलाई खोप लगाइ सकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

सबैभन्दा जोखिम विद्यालय, क्याम्पसमा  पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विध्यालयहरू आजै देखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघ पछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनको तयारी छ ।

कतिपय विद्यालयले भर्चुअल विधिबाट कक्षा लिनसमेत सुरु गरिसकेका छन् । तर, सरकारले अचानक गरेको निर्णयले निजी विद्यालयमा झन समस्या थपेको महोत्तरी प्याबसनको गुनासो छ ।

यदि सरकारले अनुमति दिए जोखिम रहित वातावरणमा कक्षा संचालन गर्न तयार रहेको उनीहरूको भनाइ छ । महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।

Comment here