स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा.जनक कोइरालले अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुन सक्ने र एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताएका छन् ।
कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएका भन्दा १० गुणा बढी हुने पाइएको छ ।
खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताउछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरलाका अनुसार ओमिक्रोन भेरियन्ट समुदायमा फैलिए डेल्टाले भन्दा उच्च संक्रमण गराउन सक्ने, माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर पुर्याउने तर डेल्टा भेरियन्ट जस्तो सिधै फोक्सोमा आक्रमण भने नगर्ने बताए ।
यस अघिको डेल्टा भेरियन्टले ४ देखि ५ जनालाई संक्रमण सार्ने देखिएको थियो भने ओमिक्रोन संक्रमितले १० जना सम्मलाई सार्न सक्ने सम्भावना पनि रहेको उनी बताउछन् ।