पर्वत घर भइ हालः वालिङ नगरपालिका १० स्थित भकुण्डेमा बस्ने जितेन्द्र गुरुङले चक्कु प्रहार गरी १६ महिने बालकको हत्या गरेका छन् ।
बुधाबर दिदी भाइमाथि चक्कु प्रहार गर्दा ५ वर्षीया उनकी दिदी घाइते भएकी छन् ।
प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार ३३ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको र चक्कु प्रहार गर्नुको कारण खुल्न नसकेको बताए ।
दिउँसो साढे एक बजे रनमायाको १६ महिने छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरेको र उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो पनि अधिकारीले जानकारी गराए ।
घाइते मृतककी दिदी ५ वर्षे साइना गरुङको घाँटी (अगाडि), बायाँ हातको बुढी औँलामा चोट भएकाले सोही प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।