logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमती मारेको अभियोग लागेका व्यक्ति ७ वर्ष पछि पक्राउ


अंकुरण खबर
572
Shares

श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले ७ वर्ष पछि पक्राउ गरेको छ ।

आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७ वर्ष पछि यशोधरा गाउँपालिका ६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।

डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ ।

मंगलबार राति १० : ३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका -६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए ।

छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो ।

घटना भएको दुई दिन पछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।