logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फोनिज प्रदेश १ अध्यक्षमा लामा चयन


अंकुरण खबर
871
Shares

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् ।

फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक अधिवेशनले लामो नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेको हो । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।

लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छ्न् । अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भए ।