logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा बाटो खन्दै गर्दा पहिरो खस्यो : तीन जना बेपत्ता, डोजर पनि पुरियो


अंकुरण खबर
1.027K
Shares

धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।