logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
1.3K
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज , तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।