जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियार सहित एक जनालाई पक्रेको छ ।
प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका९३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका९७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।
मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँ माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।