कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ) प्रमुख रामप्रसाद थपलियालाई कोरोनाभाइरस संक्रमण भएको छ ।
उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्द लगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेको थियो । तर, थपलियालाई कोभिड देखिए पछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन ।
उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन् । प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यस अघि कोभिड पुष्टि भइसकेको छ ।