logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तराईमा हुस्सु, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना


अंकुरण खबर
559
Shares

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली छ ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।