logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित


अंकुरण खबर
585
Shares

भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ ।

पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।

भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ ।

कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । एजेन्सी