logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सप्तरीमा तीन दिनमा तीन न्यायाधीश सहित २० जनामा कोरोना पुष्टि


अंकुरण खबर
702
Shares

सप्तरीमा तीन जना न्यायाधीश सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। उनले भने, तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट गर्न भने सर्वसाधारण एकदमै कम आउने गरेको बताइएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको बताए । राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ ।

राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा पीसीआर परीक्षण भइरहेको जानकारी समेत यादवले दिए ।