logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागूऔषध सहित महोत्तरीमा एक जना पक्राउ


अंकुरण खबर
910
Shares

लागूऔषध सहित प्रहरीले महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ ।

सम्सीबाट गौशाला तर्फ जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा बर्दिबास – १२ बस्ने राकेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

औरही नगरपालिका कठुधारबाट खटिएको प्रहरीले ग १ ख ७४९७ नम्बरको बसमा यात्रारत महतोले सरिरमा लुकाएको लागू औषध नाइट्रोभेट – १० ३० पिस सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका महतोलाई जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपी इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।