logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनचेतनासँगै मास्क वितरण गर्दै सप्तरी प्रहरी


अंकुरण खबर
1.157K
Shares

जिल्लामा तीव्र रूपमा कोरोना भाइरस संक्रमित बढेसँगै सप्तरी प्रहरीले विभिन्न स्थानमा सर्वसाधारणलाई कोभिड १९ को नयाँ भेरियन्टको विषयमा जनचेतनासहित मास्क वितरण अभियान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको आयोजनामा ट्राफिक टोलीसहित जिल्लाको सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकस्थित पूर्व(पश्चिम राजमार्गमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चेतनासहित मास्क वितरण गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जनचेतना मूलक कार्यक्रममा स्थानीय सर्वसाधारण, बुद्धिजीवी, राजनीतिक दलका व्यक्तित्वको उपस्थित रहेको थियो । कार्यक्रममा दुई सय मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार तिलाठी कोईलाडी गाउँपालिका र मंगलबार राजविराज नगरपालिकामा मास्क वितरण गरिएको थियो ।