कोरोना भाइरस बढेसँगै त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरीमाघ १० गतेसम्म विदा दिएको छ ।
विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयका अनुसार सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ ।
सो सूचनामा ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ भनिएको छ ।
तत्कालै परीक्ष हुने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन पनि भनिएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएमा १० दिन विदा पाउनेछन् र उनले काम गर्ने शाखा ३ दिन बन्द हुने कुरा पनि बताइएको छ ।