logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण


अंकुरण खबर
1.014K
Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण देखिएको छ ।

शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो,’ उनले भनेका छन् ।

यस अघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भए पछि उनी पनि आइसोलेसनमा छन् ।