logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटबाट एक महिला चरेस सहित पक्राउ


अंकुरण खबर
637
Shares

पर्साबाट रक्सौल तर्फ हिँडिरहेकी एक महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको छ ।

प्रहरीको नियमित चेकजाँचको टोलीले १० किलो चरेस सहित पर्साबाट रौतहट पिपरिया परोवा नगरपालिका -९ की रञ्जु देवीलाई पक्राउ गरेको हो ।

रञ्जु देवीले ढाड र खुट्टामा चरेस बेरेर भारत तर्फ जादै गर्दा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

नीजलाई हिरासतमा राखेर प्रहरीले लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरू गरेको छ।