logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा ९ हजार ६१ जना कोरोना संक्रमित


अंकुरण खबर
988
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सात वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।

काठमाडौंमा ९ हजार ६१, ललितपुरमा २ हजार ३८२ र भक्तपुरमा १ हजार ३७१ जना सक्रिय संक्रमित छन् भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका गरी सात जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन् ।

झापा, धुनषा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र रुपन्देही जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।