logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बोलेरोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते


अंकुरण खबर
884
Shares

बोलेरोले ठक्कर दिँदा धारामा कपडा धोइरहेका दुई जना गम्भीर घाइते भएका छन् ।

ओखलढुंगा, सिद्धचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको हो।

ना१ज ४९५१ नम्बरको नौजना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी  दिए ।

उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चोट लागेको छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ ।

चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।