प्राविधिक समस्या देखिएपछि पोखरा उडेको गुण एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्काइएको छ।
जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ।
अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।
सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।