विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ ।
आइतबार दिउँसो सामाजिक सञ्जाल मार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस १ भन्दै अस्पतालमा परीक्षण पछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् ।
‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनु भएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षण पछि घर आएर सुरक्षित रुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।
मिश्र केही दिन देखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय थिए । उनले केही दिन देखि मिडियामा अन्तर्वार्ता दिँदै आएका थिए ।