आइतबार इलामको सूर्योदय नगरपालिका ४ स्थीत इलाम टी प्रोड्युसर्स प्रालिमा आगलागी भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने क्षतिको विवरण आइसकेको छैन ।
इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले आगलागी नियन्त्रणका लागि दमकल र प्रहरी परिचालन गरिएको जानकारी दिए ।