logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहान तराईमा हुस्सु, दिउँसो सुदूरपश्चिम र कर्णालीमा हिमपातको आँकलन


अंकुरण खबर
533
Shares

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमतीमा आंशिकदेखि सामान्य बदली  रहने आँकलन गरिएको छ ।

त्यस्तै, सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार कर्णाली र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।