logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि काठमाडौंका १७ स्थानमा बुस्टर डोज दिइने


अंकुरण खबर
1.326K
Shares

सरकारले आजदेखि काठमाडौंका १७ स्थानबाट कोरोना भाइरसविरूद्ध बुस्टर डोज दिने भएको छ।

आइतबारदेखि नै दिने भनिए पनि तयारी नपुगेका कारण रोकिएको थियो। आजबाट बुस्टर डोज दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई बुस्टर डोज दिइनेछ। त्यसपछि माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने सरकारको तयारी छ।

कोरोनाको पूर्ण खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर डोज लगाउन पाउनेछन्।

काठमाडौं मा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, शहीद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनि, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा बुस्टर डोज दिइनेछ।

वीर अस्पताल रत्नपार्क, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ।

यस्तै, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप लगाउन सकिनेछ।