logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


अंकुरण खबर
949
Shares

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाल सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

यता, चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको थियो ।