logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसो पहाडमा वर्षाको आँकलन


अंकुरण खबर
442
Shares

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी  तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

बुधबार  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ ।